एमाले इटहरीले किसानको धान काट्न गर्यो श्रमदान, खेतमै गर्यो खबरदारी सभा

न्युजलय २६ कार्तिक २०८२, मङ्गलबार ०५:१० मा प्रकाशित

इटहरी । नेकपा (एमाले) इटहरी कमिटिले वडा नं. १४ मा सामुहिक धान काटेर खेतमै जनसभा गरेको छ ।


यस वर्षको खडेरी र बेमौसमी वर्षाका कारण किसानहरूले व्यहोरेको क्षतिप्रति संवेदना व्यक्त गर्ने र उनीहरूलाई मनोबल प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरेको आयोजकले जनाएको छ । 


यसै क्रममा विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर, २३ र २४ गतेका आपराधिक घटनाको निस्पक्ष छानबिन गर, तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर भन्ने मागहरु राखिएको थियो ।