सुन्दरहरैँचामा सात वर्षीया बालिकामाथि जबरजस्ती करणी

न्युजलय ९ जेठ २०८१, बुधबार ११:२१ मा प्रकाशित

विराटनगर । मोरङको सुन्दरहरैँचामा सात वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ ।

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेसँगै घटना बाहिरिएको हो ।

पक्राउ पर्नेमा सुन्दरहरैँचा–६ सितापुरी टोल बस्ने ४८ वर्षीय ज्ञानबहादुर मगर रहेका छन् ।

मगरले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।