बेलायतमा २४ घन्टामा करिब ४४ हजार कोरोना संक्रमित थपिए

न्युजलय ११ कार्तिक २०७८, बिहिबार ०२:३९ मा प्रकाशित

काठमाण्डौ । बेलायतमा बुधबार करिब ४४ हजार जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् । 

कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यहाँ गएको २४ घन्टामा ४३ हजार ९४१ जनामा यो सङ्क्रमण देखिएको हो । 

त्यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण २०७ जनाको मृत्यु भएको छ ।

योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४० हजार ४१ जनाको मृत्यु भएको छ ।अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८८ लाख ९७ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।