वेल्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको नकआउट चरणमा

न्युजलय १४ मङ्सिर २०७९, बुधबार १२:५० मा प्रकाशित

काठमाडौं । वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।


मंगलबार रातिको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० ले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।


इंग्ल्यान्डका लागि पहिलो गोल खेलको ५० औं मिनेटमा मार्कुस राषफोर्डले गरे। खेलको ५२ मिनेटमा इंग्ल्यान्डका लागि फिल फोडेनले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सविरुद्ध ३–० को अग्रता बनाए।


यो शानदार जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो। इंग्ल्यान्डले तीन खेलमा सात अंक जोडेको छ। एक अंक बनाएको वेल्स प्रतियोगिताबाट बाहिरिएको छ।