मुम्बई । इन्डियन प्रीमियर लीग (आईपीएल) अन्तर्गत बुधबार राति खेलिएको खेलमा रोयल च्यालेञ्जर्स बैंग्लोरले चेन्नई सुपर किङ्सलाई १३ रनले हराएको छ ।
महेन्द्र सिंह धोनीले कप्तानी सम्हालेपछि चेन्नई सुपर किङ्सको यो पहिलो हार हो । बैंग्लोरले भने लगातार तीन हारपछि पहिलो जीत हासिल गरेको हो । ्
बैंग्लोरले पहिला ब्याटिङ गर्दै १ सय ७३ रन बनाएको थियो, तर चेन्नईले २० ओभरमा १ सय ६० रन मात्र बनाउन सक्यो ।
चेन्नईलाई अन्तिम ओभरमा जीतका लागि ३१ रन चाहिएको थियो, जुन असम्भव नै थियो । अन्तिम ओभरमा चेन्नईको टीमले १७ रनमात्र बनाउन सक्यो, त्यसमा दुई छक्का तथा एक चौका लेग–बाई समावेश थियो ।
यसरी चेन्नईले १३ रनले हार्न वाध्य भयो । कप्तान धोनीले यो खेलमा केवल दुई रनमात्र बनाउन सके । उनी आउट हुने बित्तिकै चेन्नईको आशा करिब समाप्त भएको थियो ।
आईपीएलको जारी सीजनमा गुजरात १० खेलमा ८ मा जित र २ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा छ । लखनऊ १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थान रोयल्स १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।