रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला बजार नजिकै बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
(आज) मङ्गलवार रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा सात जना गम्भीर घाइते भएका र उनीहरूको उद्धार भइरहेको रोल्पा प्रहरीले जनाएको छ । केही यात्रु बसले च्यापिएको हुँदा ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।