त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि नेपाललाई

न्युजलय २१ चैत २०७८, सोमबार ०९:३९ मा प्रकाशित

काठमाडौँ । नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार(आज) भएको फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि उचालेको हो।

पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बताए। 

बलिङतर्फ पीएनजीका सेमो कामियाले तीन तथा चाड सोपर, कबुआ मोरेअ र रिले हेकुरेले एक–एक विकेट लिए।

नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल पुगेको हो भने लिग चरणका चारमध्ये एक खेल मात्रै जितेको पीएनजीले नेट रनरेटमा मलेसियालाई पछि पार्दै फाइनल प्रवेश गरेको हो।