खुल्यो फेसबुक

न्युजलय २४ भदौ २०८२, मङ्गलबार ०४:३२ मा प्रकाशित

काठमाडौँ । अवरुद्ध रहेको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ।


अधिकांश इन्टरनेट सेवा प्रदायक (आइएसपीं हरूले फेसबुकलाई खुला गरेको प्रयोगकर्ताहरूले बताएका छन् । तर, कम्पनीहरूले र सरकारले भने यसबारे आधिकारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेका छैनन् ।


यसअघि दर्ता नगरेको भन्दै सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय गरेको थियो।


सोही निर्णयविरुद्ध जेन–जी पुस्ता सडकमा उत्रिएका छन्। आन्दोलनकै दबाबका कारण फेसबुक खुल्न थालेको अनुमान गरिएको छ।