आजको सुनको मूल्य

न्युजलय ५ भदौ २०७९, आइतबार ०५:१५ मा प्रकाशित

काठमाडौं । आइतबार (आज) सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ रहेको जनाएको छ । 

गत साताको शुक्रबार छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य १ जार १७० रुपैयाँ कायम भएको जनाएको छ ।