प्रदेशकै लागि नौलो इटहरी–तरहरा सडक खण्ड

न्युजलय २० असोज २०७८, बुधबार ०९:२१ मा प्रकाशित

अहिले विराटनगरको रानीदेखि धरानसम्मको कोशी राजमार्ग सडक ६ लेनको बन्दैछ । प्रायः खण्ड निर्माण सकिइसकेको छ भने केही साना खण्डहरुमा काम विविध कारणले रोकिएको छ । 

यसमा पनि इटहरीदेखि तरहरासम्मको झण्डै चार किलोमिटर सडक खण्डको निर्माण सकिइसकेको छ र यो प्रदेशकै लागि आकर्षणको केन्द्र बनेको छ । यो सडक खण्डको चौडाई, यहाँको लेन, सोलार बत्ती र उत्तरमा देखिने पहाडको दृश्यले आगन्तुकहरुलाई नौलो अनुभूती गराउँछ । अहिले मानिसहरुको लागि घुम्ने र टिकटक बनाउने ठाउँसमेत बन्न थालेको छ । हेरौं सडक खण्डको सौन्दर्य ।