बिनोद भट्टराईको ‘बालापन’ कविता संग्रह विमोचन

न्युजलय २४ पुस २०७९, आइतबार ०७:५३ मा प्रकाशित

इटहरी । रामधुनिका बिनोद भट्टराईले आइतबार ‘बालापन’ नामक कविता संग्रह विमोचन गरेका छन् । उनले इटहरीस्थित मायाघरमा कविता संग्रह विमोचन गरेका हुन् । उनले पुस्तक बिमोचन गर्दै मायाघरमा रहेका सम्पुर्णलाई खाजा समेत खुवाएका थिए । 

‘बालापन’ उनको चौथो कविता संग्रह हो । यो पुस्तक झुम्का बजारका बिभिन्न पुस्तक पसलहरुमा उपलब्ध छन् । यसअघि विनोदका माता पिताको आशिर्बाद, जताततै कोरोना के हो यस्तो चिज ? र मेरा जिउँदा देवता नामक पुस्तक प्रकाशन भइसकेका छन् । रामधुनी नगरपालिका स्थित वडा नं ३ मा बस्ने बिनोद बाल कवि भनेर परिचित छन् ।