आज ३१ साउन २०८२ शनिवारको राशिफल

न्युजलय ३२ साउन २०८२, शनिवार ११:४८ मा प्रकाशित

मेष । चुनौतीपूर्ण कार्य गर्दै आफूलाई समाजमा स्थापित गर्न सक्नुहुनेछ। चिताएका काम सम्पादन हुनेछन्। शुभचिन्तकहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृष । अरुको स्वार्थमा उपयोगी भइनेछ सजग रहनुहोला। कार्यक्षेत्रमा परिश्रमको अनुरूप सफल नमिल्ला। छरछिमेकीसँग मनमुटाव सुल्झिनेछ। विदेशबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

मिथुन । भविष्यको लागि मानचित्र कोर्ने समय रहेको छ। आफ्नो व्यवहारले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आर्थिक पक्ष सबल रहनेछ। हाथ आएको काममा आलस्य नदेखाउनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट । विद्यार्थीहरूको लागि नयाँ कुरा सिक्ने अवसर रहेको छ। अप्ठ्यारा परिस्थितिमा पिता को सहयोग मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह । भाग्यको साथले नयाँ परिबन्ध स्थापित गर्न सकिनेछ। उच्च शिक्षालाई लिएर विदेशतिर मुख ताक्नेहरूको लागि कार्यमा सफलता मिल्नेछ। सुन्दर उपहारले मन रमाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

कन्या । व्यापार व्यवसायमा प्रगति हुनेछ्र आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। फिजुल खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग आसमानी हो भने शुभ अंक ३ रहेको छ।

तुला । कीर्तिमान कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा सहयोगीहरूबाट सहयोग पाइनेछ। यात्रा रमाइलो रहनेछ। स्वास्थ्यले सबल रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक । कानुनी पक्ष सबल रहनेछ। कार्यक्षेत्रमा लगनशीलताले शत्रुहरू हार खानेछन्। दिएको उधारो धन माग्ने समय रहेको छ। योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

धनु । प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। पारिवारिक भेटघाटले मन उत्साहित रहनेछ। श्रमको उचित मूल्य पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

मकर । छरछिमेकीसँग असमझदारी बढ्न सक्छ सावधान रहनुहोस्। पहिलाका कामबाट लाभ उठाउन सकिनेछ। आफ्नो प्रतिफलमा अरूले दाबी गर्लान् सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ । धैर्य र पराक्रमले आँटेका कार्यमा सफलता मिल्नेछ। कृषि वा पशुपालनबाट लाभाजन गर्न सकिएला। परिवारमा आफूभन्दा सानाको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन । सञ्चित धनमा वृद्धि हुनेछ। बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। समाजको हितलाई ध्यानमा राखेर कार्य गर्नुहोस्। प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

स्रोत हाम्रोपात्रो