बढ्यो सुनको मूल्य

न्युजलय २५ साउन २०७९, बुधबार ११:३७ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य बुधबार(आज) तोलामा २ सय रुपैयाँले बढेको छ। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य १० रुपैयाँ घटेको छ। आज चाँदी १२ सय ३० रुपैयाँमा कारोवार भइरहेको महासंघल् जनाएको छ ।