एम्बाप्पेको दुई गोलमा फ्रान्स विजयी

न्युजलय ११ मङ्सिर २०७९, आइतबार ०१:३४ मा प्रकाशित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ ।


दोहास्थित रंगशाला ९७४ रंगशालामा शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गरेको हो । डेनमार्कविरुद्धको जीतसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

 

फ्रान्सको जीतमा किलियन एमबाप्पेले दुई गोल गरे । खेलको दोस्रो हाफको ६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुआती अग्रता दिलाए । त्यसको केहीबेरमा नै डेनमार्कले बराबरी गोल गर्न सफल भयो । खेलको ६८औं मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत् गोल गर्दै खेललै १–१ गोलको बराबरीमा ल्याए ।


खेलको ८६औं मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जीत सुनिश्चित गरे । फ्रान्सले २ खेलमा ६ अंक जोडेको छ । यसै समूहमा रहेका अष्ट्रेलियासँग तीन तथा डेनमार्क र ट्युनिसियाको समान १–१ अंक ।