काठमाण्डौ । सुनको भाउ मंगलबार (आज) ६ सय रुपैयाँले बढेको छ ।
आज तोलामा सुन ९६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।