ओखलढुंगा । ओखलढुंगामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
ओखलढुंगा वडा नं.–७ का करिब ४५ वर्षीय दीपक राईको भीरबाट लडेर मृत्यु भएको हो।
घर नजिकैको भीरबाट लडेर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।