नेप्से परिसूचक २३ अंकले बढ्यो

न्युजलय १० चैत २०८२, मङ्गलबार ०४:०९ मा प्रकाशित

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ।

आज नेप्से परिसूचक २३ दशमलव ८३ अंकले बढेर दुई हजार ९६० दशमलव ४० को बिन्दुमा पुगेको छ।

आज ३४१ कम्पनीको तीन करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर एक लाख २६ हजार ९४७ पटक खरिद–बिक्री हुँदा रु १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।