शुक्रबार २२.८५ अंकले बढ्यो नेप्से

न्युजलय २ असोज २०८३, शुक्रबार ०३:४८ मा प्रकाशित

काठमाडौँ । शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४५ कम्पनीको २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७४ करोडमाथिको सेयर कारोबार भएको छ ।