झापा। झापामा लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको गौरिगञ्ज गाउँपालिका–१ कुञ्जिबारीस्थित सडकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ३० मिलिग्रामसहित कमल गाउँपालिका–१ बस्ने ३० वर्षीय उद्धव भट्टराईसमेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।