इटहरीमा पहिलो पटक क्रिकेटको सुरुवात गर्ने खेलाडी सम्मानित

न्युजलय १३ पुस २०८१, शनिवार ०६:५२ मा प्रकाशित

इटहरी  । इटहरीमा क्रिकेट खेलको सुरुवात गर्ने चार जना खेलाडी सम्मानित भएका छन् ।

सम्मानित हुनेमा विनोद देवान, सञ्जीव ढुङ्गाना, प्रदीप रेग्मी र कमलेश पौडेल रहेका छन् । उनीहरू बि सं २०४३ सालमा पहिलो पटक इटहरीमा क्रिकेट भित्राउने खेलाडीहरू हुन ।

इटहरीमा २०४३ सालमा इटहरी क्रिकेट टिमको संस्थापक सदस्यको रूपमा योगदान पुर्‍याएको भन्दै कस्तुरी कलेज अफ म्यानेजमेन्टले सम्मान गरेको हो ।

इटहरी ९ स्थित जनता क्रिकेट मैदानमा शुक्रवार अन्तर कलेज क्रिकेट प्रतियोगिताको समापनको अवसरमा उनीहरूलाई कस्तुरी कलेज अफ म्यानेजमेन्टका अध्यक्ष रामचन्द्र अधिकारीले सम्मान गरेका हुन ।