विराटनगर । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दूर्व्यवहारको प्रयास भएको छ।
बस्नेत सवार गाडीमा प्रदर्शनकारीले रङ भरिएको बेलुनको लोला हानेका हुन्। इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको जहाजमार्फत उडानमा विराटनगर गएका बस्नेतमाथि दुर्व्यवहारको प्रयास गर्ने २ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस्नेत सवार गाडीमा जेनजी युवाहरूले रातो रङ छ्यापेका हुन् । विराटनगरबाट सुनसरी जाने क्रममा २ जना युवाहरूले उनी चढेको गाडीमा बेलुनमा रङ भरेर छ्यापेको प्रहरीले जनाएको छ ।