एमाले सुनसरीको आठौं अधिवेशनको ‘लोगो’ सार्वजनिक

न्युजलय ३२ बैशाख २०८१, मङ्गलबार ०१:२५ मा प्रकाशित

इटहरी । नेकपा एमाले सुनसरीको आगामी जेठ ५, ६ र ७ गते हुने अधिवेशनका लागि एमाले सुनसरीले आधिकारिक ‘प्रतीक चिह्न’ लोगो सार्वजनिक गरेको छ । 

इटहरीमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले जिल्ला कमिटी सुनसरीले ‘लोगो’ सार्वजनिक गरेको हो । 

लोगोले सुनसरी जिल्लाको समावेशिता, बहुधार्मिकता, पर्यावरणीय सुन्दरता, बहुआयामिक भौगोलिक विविधता, जैविक विविधतायुक्त पर्यटकीय क्षेत्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, कृषिको आधुनिकीकरण र  उद्यमशीलतालगायतका सुनसरी जिल्लाको बहुआयामिक पहिचानलाई देखाउने प्रयास गरेको जिल्ला उपाध्यक्ष निलम खनालले बताए । 

एमालेको सातौं जिल्ला अधिवेशन इनरुवामा आयोजना गरिएको र आठौं अधिवेशन इटहरीमा गर्न लागिएको उपाध्यक्ष खनालले बताए ।