जातीय भेदभाव गर्ने पूर्वउपाध्यक्ष गिरी पक्राउ

न्युजलय २ बैशाख २०८१, आइतबार १२:१२ मा प्रकाशित

झापा। इलाका प्रहरी कार्यालय अनारमनीले हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ। उनीविरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार गरेको कसुरमा जाहेरी दर्ता भएको थियो।

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिएका थिए। सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई वैशाख १ गते साँझ बिर्तामोडबाट नियन्त्रणमा लिएको झापा प्रहरीले जानकारी दिएको छ ।

पूर्वउपाध्यक्ष गिरीले जिसस झापाका तत्कालीन प्रमुख पोर्तेललाई टेलिफोन सम्बाद मार्फत जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएका थिए।

चैत १८ गते हल्दीबारीमा पार्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका थिए।