महिला बास्केटबल च्याम्पियनसिप : नेपालद्वारा श्रीलंका पराजित

न्युजलय १२ असोज २०७९, बुधबार ०३:०९ मा प्रकाशित

काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । मालेमा मंगलबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ५५-४९ ले हराएको हो ।


यसअघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो । चार देश सहभागी च्याम्पियनसिपमा नेपालले अब अन्तिम खेल बुधबार भुटानसँग खेल्नेछ ।


राउण्ड रोबिनका आधारमा सञ्चालित च्याम्पियनसिपमा लिगको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ ।