२०७८ साल मङ्सिर १३ गते सोमबार

बराहको सेवा लिँदा कार र एक किलो सुन जित्ने अवसर

न्युजलय १९ कार्तिक २०७८, शुक्रबार १०:४४ मा प्रकाशित

धरान । बराह ग्रुप अफ कम्पनीले ग्राहकहरुको लागि कार र एक किलो सुन जित्ने अवसर सार्वजनिक गरेको छ । विहीबार लक्ष्मीपुजाको दिनदेखि सुरु भएको लक्की बम्पर उपहार योजनाअन्तर्गत भाग्यमानी ग्राहकहरुले निशानको म्यागनाईट कार र एक किलो सुन पाउनेछन् । 

अर्को वर्षको असोज १३ गते बराहका संस्थापक स्व. इन्द्रकुमार लामिछानेको ६५ औं जन्मजयन्तीका अवसरमा लक्की ड्र मार्फत् विजेता चयन गरिनेछ । देशका विभिन्न स्थानमा डिपार्टमेन्ट स्टोर, ज्वेलरी, किचेन, ट्राभल्स एण्ड टुर्सलगायत विभिन्न दुई दर्जन बढी व्यवशाय सञ्चालन गरिरहेको बराहको कुनै पनि स्थानबाट कुनैपनि सेवा लिएर योजनामा सहभागि हुन सकिनेछ ।

सुनको कारोबार गर्नेले लक्की ड्र मार्फत एक किलो सुन जित्न सक्नेछन् । यस्तै सुनबाहेकका अन्य सेवा तथा सामाग्री खरिद गर्नेले लक्की ड्र मार्फत कार जित्ने अवसर पाउनेछन् ।

यसका साथै हरेक कारोबारमा बराह स्पेसल डिस्काउन्ट कुपनमार्फत् ग्राहकले विशेष डिस्काउन्ट पाउनेछन् । यस्तै बराह लक्की पर्सन अफ द डेअन्तर्गत देशै भरीका बराहको शाखाबाट सुनबाहेकको सेवामा पाइने स्क्राच कुपनबाट १ देखि शत प्रतिशतसम्मको छुट पनि पाउन सकिने जनाइएको छ ।

धरानमा स्थापना भइ नेपालका विभिन्न स्थानका साथै विभिन्न देशहरुमा समेत शाखा विस्तार गरिसकेको कम्पनिले २०६५ सालदेखि नै यस्तो उपहार योजना ल्याइरहेको छ ।