एजेन्सी । भारतको उत्तराखण्डस्थित हर्षिल क्षेत्रमा आएको बाढीका कारण ४ जनाको मृत्यु भएको छ भने ५० बढी मानिस बेपत्ता भएका छन् । उनीहरुलाई बाढीले पुरेको हुनसक्ने अनुमान गरिएको छ ।
लेदोसहितको बाढीले घरहरु भगाउनुका साथै भाग्दै गरेका मानिसहरुलाई पुरेको थियो । प्रत्यक्षदर्शीले खिँचेको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भारतीय सेनाले अहिलेसम्म कम्तीमा १५ जनाको उद्धार गरिसकेको छ ।