काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन उच्च गिरावट आएको सुनचाँदीको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ हजार ३०० रुपैयाँ महंगो भएको हो । महासंघका अनुसार आज सुन तोलाको २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ ।
त्यस्तै आज चाँदीको मूल्य ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ पुगेको छ ।