झापामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

न्युजलय १५ साउन २०८१, मङ्गलबार १२:४१ मा प्रकाशित

झापा । झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । 

भद्रपुर नगरपालिका–५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

साहले ती किशोरीलाई गत असार २८ गते दिउँसो भद्रपुर नगरपालिका–७ स्थित मौसम होटल एन्ड लजमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।

सोही आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।