काठमाडौं । वैवाहिक सम्बन्ध टुंगिए पनि फिल्म निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापाबीचको सम्बन्ध आत्मीय देखिन्छ ।
महत्वपूर्ण सन्दर्भ र अवसरमा यी दुईले एकअर्कालाई बधाई तथा शुभकामना दिइरहेका हुन्छन् ।
यसपटक भने ओझाले रेखालाई चुनावी विजयको शुभकामना दिंदै सहिष्णुता प्रस्तुत गरेका छन् । राप्रपाको तर्फबाट मोरङ ३ बाट रेखाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेपछि छविले सामाजिक सञ्जालबाट उनलाई शुभकामना दिएका हुन् ।
रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई आफूले नजिकबाट चिनेको बताउँदै ओझाले राजनीतिक यात्राको सफलताको कामना गरेका छन् ।
छवि लेख्छन्, ‘कलिलो उमेरमै नेपाली सिनेक्षेत्रमा प्रवेश गरेर नेपाली सिने क्षेत्रकै गौरव बन्न सफल, चलचित्रमार्फत नारी आवाजलाई बुलन्द गर्दै दशकसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिका हाल राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं.३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई मैले नजिकबाट चिनेको छु । तपाईंको राजनीतिक यात्रा सफल रहनेमा म ढुक्क छु । रेखाजी तपाईंलाई जितको लागि अग्रिम शुभकामना ।’