काठमाडौं । नेपाल भ्रमणमा आएका बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
अभिनेता ओबरायले खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटेका हुन्। प्रचण्डका प्रेस सल्लाहकार सूर्यकिरणका अनुसार भेटमा फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको छ।
ओबराय आफ्नो बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै खुमलटार पुगेका थिए। भेटमा पाका बलिउड अभिनेता सुरेश ओबरायका फिल्म आफूले हेर्ने गरेको प्रचण्डले बताएका थिए। सुरेशले आफूले प्रचण्डलाई मुलुकमा परिवर्तन ल्याउने नेताको रुपमा चिनेको भन्दै प्रशंसा गरेको प्रचण्डको सचिवालयले जनाएको छ।