मेष । व्यापार व्यवसायमा लगनशीलताको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। पारिवारिक वाद विवाद सुल्झिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
वृष । कार्यक्षेत्रमा एकाग्रता बनाएर राख्नुहोस्। प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ। राजकीय वा प्रशासनिक कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मिथुन । पारिवारिक विवादहरू आपसी मध्यस्थाले सुल्झिनेछ। आध्यात्मिक ज्ञानको लागि समय अनुकूल रहेको छ। मनमा अज्ञात भय रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट । व्यापार विस्तारको लागि नयाँ लगानी लगाउनु पर्ला। दाम्पत्य जीवन सुमधुर रहनेछ। वरिष्ठ व्यक्तिहरूको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
सिंह । कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ला। युवा वर्गहरूलाई करियरलाई लिएर नयाँ अवसर प्राप्त हुनेछ। वित्तीय वा सहकारी संस्थाहरूबाट लाभ लिन सकिएला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
कन्या । कार्यक्षेत्रमा कामको प्रशंसा हुनेछ। परोपकार र समाजसेवामा मन लाग्नेछ। शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला । सम्बन्धमा मजबुती आउनेछ। जग्गा जमिनबाट राम्रो लाभ मिल्नेछ। इष्टमित्रहरूबाट सहयोग पाइएला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक । योजना अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। पारिवारिक मामलाहरू सुल्झाउनको लागि आफूभन्दा ठूलाको कुरालाई वेवास्था नगर्नुहोस्। आत्मबलमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
धनु । खर्चमा नियन्त्रण राख्नुहोला। आफन्तहरू मध्य मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। खेल जगतमा हजुरको चर्चा हुनेछ। राज्यपक्षबाट लाभ मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
मकर । उच्च अधिकारीहरुलाई कामबाट प्रभावित पार्न सकिनेछ। नोकरी वा पेशामा पदोन्नतिका योग छन्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। मानसम्मानमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ । नयाँ लगानी लगाउनुभन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। सरकारी कार्यमा समय लाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
मीन । सामाजिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ। साहित्य वा लेखन कलामा सुधार आउनेछ। कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
स्रोत हाम्रोपात्रो