नेतृत्वविहिन भएपछि रास्वपा इटहरीको नयाँ समिति गठन प्रक्रिया सुरु

न्युजलय २१ बैशाख २०८१, शुक्रबार ०७:०७ मा प्रकाशित

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी उपमहानगर कमिटिको नयाँ समिति गठन प्रक्रिया सुरु गरिएको छ । तदर्थ समिति पदाधिकारीहरु विहिन भएपछि नयाँ समिति बनाउने प्रक्रिया सुरु गरिएको हो ।

सोको लागि विष्णुबहादुर बस्नेतको संयोजकत्वमा अधिवेशन आयोजक समिति बनाइएको छ । 

नगर सभापति अशोक चौधरी प्रतिनिधि सभाको सदस्यमा निर्वाचत भएपछि उपाध्यक्ष हरिमाया अधिकारीले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेकी थिइन् । उनी केन्द्रीय अनुशासन आयोगबाट निलम्बनमा परेपछि समिति नेतृत्व विहिन भएको थियो । 

केन्द्रीय संगठन विभागको निर्देशनअनुसार जिल्ला संयोजकले प्रक्रिया अघि बढाएपनि विवाद भई निर्णय हुन नसकेपछि सो समिति भङ्ग गरी पालिकाको अधिवेशनमा उमेदवारी नदिने व्यक्तिको संयोजकत्वमा वडा अधिवेशनबाट निर्वाचित वडा सभापतिहरु सबै सदस्य रहने गरी बस्नेतको संयोजकत्वमा समिति बनाएको सांसद चौधरीले जानकारी दिए ।