काठमाडौँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार(आज) बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले गत वैशाख ४ गतेदेखि वैशाख ७ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। ९ लाख ३४ हजार ९१४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
यो आईपीओमा १२ लाख ४४ हजार ३८५ आवेदकबाट कुल १ करोड ३७ लाख २० हजार ३० कित्ता सेयर माग भएको थियो। त्यसमध्ये ११ लाख ७८ हजार ७३९ आवेदकबाट परेको १ करोड २६ लाख ३६ हजार ८७० कित्ता सेयर सदर भएको छ भने ६५ हजार ६४६ आवेदकबाट परेको १० लाख ८३ हजार १६० कित्ता सेयर रद्द भएको छ।
भाग्यमानी ९३ हजार ४९१ जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने तिनै भाग्यमानीमध्ये ४ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। यो हिसाबले सदर आवेदकमध्ये १० लाख ८५ हजार २४८ आवेदकको हात खाली भएको छ।