देशभर आज थप ७ जनामा कोरोना पुष्टि

न्युजलय १४ मङ्सिर २०७९, बुधबार ०६:१९ मा प्रकाशित

काठमाडौँ । देशभर आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


देशभर गरिएको ४ सय ५४ पिसिआर परिक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


कोरोनाका कारण गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप ३० संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ७८ सक्रिय सक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।