काठमाडौं । नेपाल एसीसी महिला टी–२० इमजिङ टिम्स एसिया कप क्रिकेटमा पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङमा जारी प्रतियोगितामा मंगलबार(आज) नेपाल पाकिस्तानसँग नौ रनले पराजित भएको हो ।
पाकिस्तानले दिएको ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रनमा समेटिएको थियो ।
नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रन बनाइन भने कविता जोशीले अविजित १५ रन जोडिन । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.२ ओभरमा सवै विकेटको क्षतिमा ८७ रन बनाएको थियो ।
जितसँगै समूह ‘ए’ मा रहेको पाकिस्ता शीर्षस्थानमा छ । यस प्रतियोगितामा अन्तिममा थाइल्यान्डले भिसा समस्याका कारण भाग नलिएपछि नेपलालाई सहभागिताको मौका दिइएको हो ।
समूह ‘ए’ मा नेपालसहित हङकङ, भारत र पाकिस्तानका रहेका छन् । प्रतियोगितामा नेपालले दोस्रो खेल जुन १५ मा भारत र १७ मा हङकङसँग खेल्नेछ ।
यस्तै समूह ‘बी’ मा मलेसिया, संयुक्त अरब इमिरेट्स ९युएई०, बंगलोदश र श्रीलङ्का रहेको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।