प्रिती आलेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक(भिडियोसहित)

न्युजलय ५ साउन २०७९, बिहिबार ११:५७ मा प्रकाशित

काठमाडौं । हरितालिका तीज नजिकिएसँगै गायिका प्रिती आले र गायक टेक अधिकारीको स्वर रहेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक भएको छ । टेक अधिकारी र रेशम प्रधान शब्द रहेको गीतमा रेशम प्रधानको संगीत छ ।

गीतको भिडियोमा अनु पराजुली र लोमश शर्माको अभिनय छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियो सुजन श्रेष्ठले खिचेका हुन् । भिडियोमा युवराज खत्रीको सम्पादन छ ।