काठमाडौँ । मंगलबार पनि नेप्से परिसूचक बढेर कारोबार भएको छ । अघिल्ला दुई दिन उच्च अंकले बढेको परिसूचक आज भने सामान्य अंकले बढेर कारोबार भएको हो ।
आज सेयर बजार परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ विन्दुमा पुगेको हो । आज सेयर बजार कारोबार भएका कम्पनीमध्ये १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ कम्पनीको सेयर मूल्य भने घटेको छ ।
परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज सेयर ३१९ कम्पनीका १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर १ लाख २ हजार ६४२ पटक खरिद बिक्री हुँदा ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ रुपैयाँको कारोबार भएको छ ।