श्रीमान श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु

न्युजलय ३२ असोज २०७८, सोमबार ०६:०१ मा प्रकाशित

तेर्‍हथुम । तेर्‍हथुममा श्रीमान श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ।

आइतबार राती को छथर गाउँपालिका –३ ज्यामिरेका गोविन्दबहादुर लिम्बूको पारिवारिक झगडामा मृत्यु भएको हो।

लिम्बू र उनकी ५२ वर्षीया श्रीमती भक्तकुमारीबीच कुटाकुट भएको थियो। घटनापछि प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा राति दुवैजनाबीच मादकपदार्थ सेवन गरेपछि झगडा परेको थियो।

घरमा मादकपदार्थ सेवन गरी झगडा भएको र कुटाकुट हुँदा श्रीमान गोविन्दबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रीमती भक्तकुमारी गम्भीर घाइते भएकी छन्। 

घाइते भक्तकुमारीलाई उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठानमा ल्याई भर्ना गरिएको छ।