एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया जाँदै

न्युजलय १८ जेठ २०७९, बुधबार ०१:१६ मा प्रकाशित

काठमाडौं । १९ वर्षमुनिको एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली बुधबार मलेसिया जाँदैछ । 

 

छनोट खेलमा सहभागी हुन जाने १४ खेलाडी, प्रशिक्षक र चारजना अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नै कार्यक्रम गरी विदाई गरेको छ ।

 

छनोट खेल मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म हुनेछ । 


एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ । छनोटमा नेपालसँगै भुटान, मलेसिया, कतार, युएई र थाइल्याण्ड छन् । 

 

नेपालले पहिलो खेल जेठ २० मा कतारसँग खेल्नेछ । 


आईसीसीले पहिलोपल्ट आयोजना गर्न लागेको महिला १९ वर्षमुनिको विश्वकप सन २०२३ जनवरीमा दक्षिण अफ्रिकामा हुँदैछ ।