सुनसरीमा खसीबोकाको मासु प्रतिकिलो ११ सय भन्दा बढीमा बेच्न नपाइने

न्युजलय ३० असोज २०८३, शुक्रबार ०२:३६ मा प्रकाशित

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले खसीबोकाको मासु प्रतिकिलो १ हजार १ सय रुपैयाँभन्दा बढीमा बिक्री नगर्न व्यवसायीलाई आग्रह गरेको छ। 

प्रशासनले उपभोक्ताबाट मूल्यवृद्धिको गुनासो आएपछि बिहिबार सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्म जिल्लाभर सोही मूल्यमा मासु खरिदबिक्री गर्न अनुरोध गरेको हो।

प्रशासनका अनुसार गत माघदेखि नै खसीबोकाको मासुको उपभोक्ता मूल्य प्रतिकिलो १ हजार १ सय रुपैयाँ कायम रहेको थियो। 

प्रशासनले सूचनालाई बेवास्ता गरी अनुचित तथा अस्वाभाविक मूल्यमा मासु बिक्री गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।