कुवेतमा मृत भेटिएकी नेपाली महिलाको खुल्यो पहिचान

न्युजलय २९ कार्तिक २०७८, सोमबार ११:०९ मा प्रकाशित

काठमाण्डौ । कुवेतमा कार्यरत रही बाथरुममा मृत फेला परेकी नेपाली महिलाको पहिचान खुलेको छ ।

कुवेतको फरवानियास्थित एक घरको बाथरुममा मृत फेला परेकी ३२ वर्षीया नेपाली महिला लमजुङकी मनमाया गुरुङ रहेको बताइएको छ।

कुवेत प्रहरीका अनुसार गुरुङले आफू बस्ने घरमा आफ्नै घाँटी रेटेर आत्महत्या गरेको जनाएको छ । मृतक गुरुङ गत बुधवार बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी थिइन ।

उनी लामो समय देखि कम्पनीले तलब नदिएको गैर कानुनी रूपमा काम गर्दै आएकी थिइन् ।

उनको मृत्यु बारे कुवेतस्थित नेपाली दूतावासमा जानकारी आइसकेको जनाउँदै आवश्यक समन्वय तथा कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई जतिसक्दो चाँडो नेपाल पठाइने दूतावास स्रोतले जनाएको छ ।