विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सिर्जनालाई स्वर्ण

न्युजलय २३ मङ्सिर २०७९, शुक्रबार ०७:५० मा प्रकाशित

काठमाडौं । नेपालकी सिर्जना घिसिङले साउदी अरबमा आयोजना भएको विश्वक पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा स्वर्ण पदक जितेकी छन् । 

रियादमा बिहीबार राति भएको फाइनलमा सिर्जनाले ५२ केजी तौल समूह मुनि के–४४ स्पर्धामा स्वर्ण जितेकी हुन् । 

फाइनल भिडन्तमा सिर्जनाले टर्कीकी मेर्यम बेटुल काभडारलाई १२–० अंकले हराइन् । मेर्यम पारा तेक्वान्दोमा विश्व नम्बर एक खेलाडी हुन् ।

यसअघि सिर्जनाले सेमिफाइनलमा ब्राजिलकी क्रिष्टियन नासिमेन्तो र क्वार्टरफाइनलमा मेक्सिकोकी जेसिका क्वीजानोलाई हराएकी थिइन् । 

विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सिर्जनाले जितेको यो पहिलो स्वर्ण हो ।