विश्वकप फुटबलमा आज दुई खेल हुँदै, पहिलो खेलमा फ्रान्स र पोल्यान्ड भिड्दै

न्युजलय १८ मङ्सिर २०७९, आइतबार ०१:५३ मा प्रकाशित

दोहा । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत नकआउट चरण अन्तर्गत आज आइतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा फ्रान्स र पोल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजे जे अल थुमामा मैदानमा हुनेछ ।


फ्रान्स र पोल्याण्डबीच विश्वकपमा दोस्रो भेट हुन लागेको हो । सन् १९८२ मा भएको तेस्रो स्थानको भेटमा पोल्याण्डले ३–२ ले जितेको थियो ।


फ्रान्स समूह डी को विजेता बन्दै नकआउट पुगेको थियो भने पोल्यान्ड समूह सी को उपविजेता भएको हो ।


पछिल्ला सात भेटमा फ्रान्स पोल्याण्डविरुद्ध अपराजित छ । सन् २००६ पछि नकआउट चरण पुग्ने फ्रान्स साविक विजेता बनेको छ ।


आज राति १२ः४५ बजे हुने खेलमा इङ्ल्याण्ड र सेनेगल भिड्दैछन् । यो खेल अल बायत मैदानमा हुनेछ । गेराथ साउथगेटको प्रशिक्षणमा इङ्ल्याण्ड समुह बी को विजेता बनेको थियो । विश्वकपमा इङ्ल्याण्डले एक सय गोल पूरा गरेको छ ।


अफ्रिकन च्याम्पियनविरुद्ध इङ्ल्याण्डका ह्यारी केन, मार्कुस रसफार्ड, फिल फोडेन, जड विलिंघम, रहिम स्टर्लिङ जस्ता खेलाडी हुनेछन् । सेनेगल भने समूह ए को उपविजेता रुपमा नक आउट चरणमा पुगेको थियो ।