नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’को पोस्टर सार्वजनिक

न्युजलय २२ साउन २०७९, आइतबार ०१:४२ मा प्रकाशित

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’को टिजर पोस्टर सार्वजनीक भएको छ ।

कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्मको टिजर पोस्टर सार्वजनीक भएका हो । 

सुरज वर्जत्य निर्देशित ‘उचाई’मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ ।

सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य पात्रले हिमाल आरोहण गरिरहेको चित्रण गरिएको छ ।

नेपालको कथावस्तु समेत रहेकाले फिल्मले नेपाली बजारमा समेत राम्रो कमाइ गर्न सक्ने अपेक्षा राखिएको छ ।