खोटाङ । खोटाङको साकेला गाउँपालिका–३ खिदीस्थित स्वास्थ्य चौकीका एक स्वास्थ्यकर्मी मृत फेला परेका छन् ।
स्वास्थ्य चौकीमा कार्यरत अहेव ३० वर्षीय मणिराज घिमिरे आइतबार बिहान मृत फेला परेका हुन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भएका घिमिरे शनिबार सुतेको तर बिहान ओछ्यानमै मृत फेला परेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
उनी साकेला ५ स्थित कृष्णराज ढकालको घरमा डेरा गरी बस्दै आएका थिए ।
उनी पहिलेदेखि नै मुटु रोगी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।