इटहरी । इटहरी –४ स्थित द प्रिन्ट्स ट्याटु हाउसबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ८० मिलिग्रामसहित ट्याटु हाउसका संचालक पक्राउ परेका छन् ।
सोही उपमहानरपालिका–४ डम्फु चोक बस्ने धनकुटा छथर गाउँपालिका घर भएका ट्याटु हाउसका संचालक मनिष लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले ट्याटु हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।