ब्राउनसुगरसहित खोटाङका राई पक्राउ

न्युजलय ११ पुस २०८०, बुधबार ०१:४६ मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिका–१५ ढाट स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका ४ खोटाङका २५ वर्षीय मिलन राईलाई पक्राउ गरिएको हो ।

शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर ८६ मिलिग्राम फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।