इलामका तामाङले गरे श्रीमती र छोरीको हत्या

न्युजलय ९ कार्तिक २०७८, मङ्गलबार ११:५७ मा प्रकाशित

इलाम । इलाम देउमाई नगरपालिकाका पूर्णचन्द्र तामाङले श्रीमती र छोरीको हत्या गरेका छन् ।

देउमाई नगरपालिका–५ का ३४ वर्षका तामाङले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको आरोप लागेको छ ।

उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ। गएराति उनले श्रीमती, छोरी र कुकुरको हत्या गरेको प्रहरीले जनाएको छ । 

घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापा बताएका छन् ।  दुई जनाको हत्या भएको जानकारी आएको उनले बताए।

घटनास्थल प्रहरी कार्यालयबाट झन्डै ८ किलोमिटर टाढा पर्छ।