फिफा यू–२० को उपाधि उरुग्वेलाई

न्युजलय २९ जेठ २०८०, सोमबार ०१:२८ मा प्रकाशित

काठमाडौं । फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले उचालेको छ । अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । 

खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर, खेलको अन्तिम समयमा आएर ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलले अन्ततः उरुग्वेलाई विश्वकप विजेता बनाउन सफल भयो । 

उरुग्वेले यू–२० विश्वकपको उपाधि उचालेको यो पहिलो पटक हो, यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधि उचाल्न उसले मौका पाएको थियो । उरुग्वेको जीतसँगै पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेतामा सीमित भयो।