नेप्से १४ अंक बढ्यो

न्युजलय २८ साउन २०८०, आइतबार ०९:०३ मा प्रकाशित

काठमाडौँ । आइतबार(आज) सेयर बजारको परिसूचक नेप्से १४.८१ अंक बढेको छ । 

सो अंकको वृद्धिपछि परिसूचक २०८० अंकमा कायम भएको छ । कुल २ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भयो । ९१ कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो भने ८ को स्थिर रहृयो । 

बैंकिङ उपसमूह १३, विकास बैंक २१, होटल तथा पर्यटन १०७, जलविद्युत् १८, जीवन बीमा ५८ र निर्जीवन बीमा उपसमूह २४१ अंक बढे । फाइनान्स १, उत्पादन १०, माइक्रोफाइनान्स १३ र अन्य उपसमूह ०.१ अंक घटे ।

थ्रीस्टार हाइड्रोपावर र अपर स्याङ्जेको मूल्य १० प्रतिशत बढ्यो । माउन्टेन इनर्जीको मूल्य ९.७ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य ८.६ प्रतिशत बढ्यो । 

आजबाट दोस्रो बजारमा कारोबार भएको घोराही सिमेन्टको मूल्य १० प्रतिशत घट्यो । कम्पनीको मूल्य प्रतिकित्ता ५०९ रुपैयाँ कायम भएको छ । प्रतिकित्ता ५६५.५ रुपैयाँमा कम्पनीको पहिलो कारोबार भएको थियो ।